|

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन्।

मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। केही समय पहिले अर्थ मन्त्रालय पुगेर राजीनामा दिएका उनले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा सार्वजनिक गरेका हुन्।

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सिइओ साउद विवादमा तानिएका थिए ।

अर्थ समितिका सदस्यहरूले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारमा सेयर किनिएको भन्दै सांसदहरूले छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने बताउँदै आएका छन्।

तर पत्रकार सम्मेलनमा बोल्दै साउदले नेप्से नियामक निकाय नभएको र सोहीअनुसार आफूले पूँजी बजारलाई आफ्नो हातमा लिएर सेयर किनबेच नगरेको दाबी गरे। प्राथमिक बजारमा सेयर निष्काशन गर्ने प्रक्रियामा नेप्सेको कुनै भूमिका नहुने उनले बताएका छन्। 

यस्तै आफ्नो ४ वर्षे कार्यकालमा नेपालमा पुँजीबजारमा राम्रो प्रगति भएको उनको जिकिर छ। उनको चारवर्षे कार्यकाल आगामी कार्तिकमा सकिँदै थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.