|
फाइल फोटो

पाल्पा : अविरल वर्षासँगै झरेको पहिरोले पाल्पास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। रम्भा गाउँपालिका–३ पिपलडाँडास्थित सीता पहाडमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको राम्दी प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले जानकारी दिए। राजमार्ग शुक्रबार बिहान साढे ५ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।

यस्तै‚ बगनासकाली गाउँपालिका–४ जल्लावीरेमा पनि पहिरो गएको छ। पहिराले राजमार्ग अवरुद्ध छ। आफूहरूले जिल्लामा रहेको सडक विभाग कार्यालयलाई खबर गरेको प्रहरी निरीक्षक घर्तीले बताए। विभागले पहिरो पन्छाउन डोजर पठाएको खबर आएको उनले बताए। सीता पहाडमा अहिले पनि ढुंगा खसिरहेको उनले बताए।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधन बीच बाटोमै रोकिएका छन्। टाढाटाढा पुग्ने यात्रु बीचबाटोमा अलपत्र परेका छन्। राजमार्ग सञ्चालन कतिबेला हुन्छ भन्नेबारे अन्योल रहेको घर्तीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.