|

जनकपुरधाम : केही दिनदेखि आएको वर्षाले महोत्तरीको बलबा नगरपालिका–४ स्थित तिलगढमा रातु नदीको तटबन्ध चार ठाउँमा भत्किएको छ।

तटबन्ध भत्किएर बाढी पस्दा तिलगढ गाउँ डुबानमा परेको स्थानीय लक्ष्मण मण्डलले बताए। बाढीले करिब ९०० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४०० मिटर बाँध भत्केको छ।

त्यसैगरी बाढीले बलवा–११ रौजा तटबन्ध कटान गर्दा रौजा मजारलगायत वस्तीमा बाढी पसेको छ। बाढीले बस्ती डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको डिएसपी विष्टले बताए।

हाल जिल्ला प्रशासन कार्यालय एलर्ट भइसकेको र नेपाली सेना तथा अन्य सुरक्षा निकायको टोली परिचालन गरिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। ​तिलगढका केही घरमा अत्यधिक पानीको पसेकाले घरभित्र रहेकाहरुको उद्धार भइरहेको छ

बुधबार बिहानदेखि लगातार परेको भीषण वर्षासँगै रातु, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदी तथा खोलामा बाढी आएको छ। बाढीले तटीय क्षेत्रका करिब दुई दर्जनभन्दा बढी गाउँ जोखिममा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.