|

अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवन अगाडि महिलाहरूले प्रदर्शन गरेका छन्। सरकारमा महिला सहभागिताको माग गर्दै उनीहरुले राष्ट्रपति भवन अगाडि प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।

प्लाकार्डमा ‘एउटा शक्तिशाली मन्त्रिपरिषद् जसमा पहिला पनि होऊन्’ जस्ता नाराहरु लेखिएका छन्। अफगानिस्तान तालिबानले कब्जा गरेपछि विश्वभरबाट त्यहाँ महिलाको अवस्था कस्तो होला भन्ने चिन्ता प्रकट भइरहेका बेला शुक्रबार दिउँसो त्यहाँका महिलाहरुले राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेका तस्बिरहरु सार्वजनिक भएका हुन्।

तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन गर्न लागिरहेको छ। तालिबानका एक नेताले नयाँ मन्त्रिपरिषद्मा महिला सहभागिताको सम्भावना नरहेको प्रतिक्रिया दिएका थिए।

आफ्नो अघिल्लो शासनकालमा महिलाहरुप्रति निकै कठोर देखिएको तालिबान पछिल्लोपटक आफ्नो व्यवहारमा परिवर्तन भएको देखाउन चाहिरहेको छ। तालिबानले राजधानी काबुल कब्जा गरेपछि केही दिनअघि आफूहरुको शासनकालमा महिला सुरक्षित रहने प्रतिक्रिया दिएको थियो। यद्यपि अफगानी महिलाहरु तालिबानी शासन शैली सम्झेर चिन्तित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.