|

विराटनगर : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने दावी गरेका छन्।

आइतबार मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै महासचिव पोखरेलले प्रदेश १ मा एमालेले विश्वासको मत प्राप्त गर्ने दावी गरेका हुन्। उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिनेहरु आफैं नाङ्गिएर जाने बताए।

‘जस्तो देखिन्छ त्यस्तो नहुन सक्छ‚’ महासचिव पोखरेलले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ। त्यो बेलासम्म साथीहरु कसरी कसरी प्रस्तुत हुनुहुन्छ हेर्दै जाऊँ न।’

अर्को सन्दर्भमा महासचिव पोखरेलले संसदमा सभामुखले एमसिसी कसरी प्रस्तुत गर्छन् त्यसैको आधारमा एमालेले आफ्नो धारणा बनाउने बताए।

 ‘संसदमा सभामुखले त्यो प्रस्ताव कसरी प्रस्तुत गर्नुहुन्छ त्यसकै आधारमा एमालेले दृष्टिकोण बनाउने छ,’ महासचिव पोखरेलले भने‚ ‘हिजो के भनेर रोक्नुभएको थियो, अब के भनेर प्रस्तुत गर्नुहुन्छ हेरौं। हिजो एमालेको एक खाले दृष्टिकोण थियो। अबको दृष्टिकोण सभामुखले के भनेर प्रस्तुत गर्नुहुन्छ‚ त्यसका आधारमा तय हुने छ।’

नेकपा एमाले मोरङले विराटचौकमा आयोजना गरेको बृहद अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न विराटनगर आइपुगेका हुन्। पार्टीको केन्द्रीय कार्ययोजना अनुसार अगुवा कार्यकर्ताहरुको भेलाको आयोजना गरिएको जानकारी दिए। उनले केन्द्रीय कार्ययोजना अनुसार ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने र पार्टीभित्रको असमझदारीलाई हल गर्ने उद्देश्य रहेको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.