|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित सनवोरा नदीमा डुबेर आइतबार अन्दाजी १२ वर्षिय बालकको मृत्यु भएको छ।

कैलालीको चुरे गाउँपालिका–३ स्थित मावली आएका दिलीप सुनारको डिलबाट चिप्लिएर नदीमा खसेका थिए। उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

उनी डुबेको खबर पाउनासाथ पुगेको सशस्त्र प्रहरीको गोताखोर टोली र इप्रका झलारीको टोलीले दुई घण्टाको खोजबिनपछि उनको शव बरामद गरेको हो। बरामद शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगर पठाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.