|

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं निरन्तरको वर्षाका कारण उपत्यका भई बहने ठूला तथा साना नदी-नालामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको छ। अझै थप हुने भएकाले उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीका कारण साना नदी-नालाको पानी सडक किनारसम्म आउने भएकाले किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाउन भनिएको छ।

काठमाडौं उपत्यकामा यो वर्षकै भीषण वर्षा भएको छ। बिहानको रेकर्ड अनुसार १०५ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ। यति ठूलो वर्षा विरलै हुने गरेको मौसविद मीनकुमार अर्यालले बताए।

खोकनास्थित जलमापन केन्द्रका अनुसार सोमबार बिहान ५ बजे बागमती नदीमा जल सतहले सतर्कताको तह पार गरेको छ। पानीको बहाव बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.