|

जनकपुरधाम : प्रदेश २ सरकारले जनलोकपाल आयोग गठन गरेको छ। आयोगको अध्यक्षमा रौतहटका राम सहाय राय यादवलाई नियुक्त गरिएको छ। आयोगका सदस्यहरूमा धनुषाको जनकपुरधामका तत्कालीन जिल्ला प्राविधिक कार्यालयका पूर्वप्रमुख वरिष्ठ इन्जिनियर राजकिशोर साह र महोत्तरी गोनरपुरकी शोभाकुमारी महतो नियुक्त भएका छन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नव नियुक्त जनलोकपाल आयोगका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। तीनै जनालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र प्रदान गरेका छन्। उनीहरुले  मंगलबार नै पदभार ग्रहण गरेका छन्।
  
प्रदेश २ सरकारले आर्थिक अनियमितताको अनुसन्धान गरेर कारबाही गराउने उद्देश्यले यस आयोग गठन गरेको जनाएको छ। आयोगलाई प्रदेशका आर्थिक अनियमितता तथा कमी कमजोरीको छानबिन गर्ने र कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको छ। आयोगको कार्यालय जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रभित्र राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.