|

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत काम गरेको अभियाेगमा ठेकेदारिवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाे छ।

मापदण्ड विपरीत उत्खनन् गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको आरोपमा एस.आर.डी. कन्स्ट्रक्सनका प्रोपाइटरहरू रमेश पराजुली र सन्दीप केसीविरुद्ध अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेकाे हाे। 

आर्थिक वर्ष २०७५/०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासी गर्दा सुनवल नगरपालिकाबाट प्रमाणित रसिद प्रयोग गरी रकम उठाउनुपर्नेमा प्रमाणित नगरिएको फर्जी बिल प्रयोग गरी ७५ लाख ८० हजार ६ सय ४९ उठाई गैरकानुनी लाभ लिएको पुष्टि भएकाे अख्तियारले जनाएकाे छ।

पराजुली र केसीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरजन्य कार्य भएकोले बिगो ७५ लाख ८० हजार ६ सय ४९ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजायको माग गरिएको छ। 

बिगो वापतको रकमसहित सजायको लागि दफा ८ (४) बमोजिम आयोग ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम विशेष अदालत आइतबार काठमाडौंमा उजुरी दर्ता भएकाे हाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.