|

काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–५ सतिघाटस्थित खानीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। बिहीबार खुवा पुर्‍याएर फर्किने क्रममा खोलाले बगाउँदा ४२ वर्षीय लोक्तोङ भनिने रामलाल बलको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनलाई खानीखोला–२ मकैबारीमा खुवा पुर्‍याएर फर्किने बेला खोला तर्ने क्रममा बगाएको थियो। उनको शव सोही वडाको ढोकास्थित खानीखोला पुलमुनि दिउँसो ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको प्रहरी जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले खोलाले बगाएर एक युवा मृत अवस्थामा खोलाको ढुङ्गामा अड्किरहेको स्थानीयबाट खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट र घट्नास्थल नजिक रहेको फलामेटार प्रहरी चौकीको असाई सुनलाल रुम्बा नेतृत्वको टोली सो स्थानतर्फ खटिएको जानकारी दिए। 

डिएसपी खतिवडाले घट्नाबारे विस्तृत जानकारी भने आइनसकेको बताए। यसअघि गत असार २४ मा उक्त खोलाले बगाएर बेपत्ता भएको सोही गाउँपालिका–२ भीमसेनस्थानका २८ वर्षीय अनिल वाईबाको शव २५ घण्टापछि सिन्धुलीको हरिहरपुर गाउँपालिका–३ स्थित् तामोर र बागमती नदीको दोभान पीपलमाडी घण्टेमा फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.