|

जाजरकोट : डोल्पाको स्वास्थ्य सेवा कार्यालय करारका स्वास्थ्यकर्मीको भरमा सञ्चालनमा छन्।

चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीहरू करारकै भरमा चलेको कार्यालय प्रमुख अमरसिंह शाहीले जानकारी दिए। ४३ जनामध्ये १० जना मात्र स्थायी दरबन्दीमा कार्यरत रहेको र बाँकी ३३ जना करारमा कार्यरत रहेको उनले बताए।

करारमा रहेका कर्मचारीको म्याद सकिएकोले काम गराउन समस्या भएको कार्यालय प्रमुख शाहीले बताए। अहिले नर्सिङ स्टाफहरु ४ जना, पारामेडिक्स ५ जना, रेडियोलोजी १ जना, ल्याप ३ जना, फार्मेसी २ जना, फिजियोथेरापी १ जना, आखाको १ जना, कार्यालय सहयोगी ५ जना करारमा कार्यरत रहेको कार्यालयले बताएको छ।

त्यस्तै, ७ जना डाक्टरहरु समेत करारमै रहेका छन्। डाक्टरहरूलाई स्वीकृत दरबन्दीबाटै तलब, भत्ता उपलब्ध गराउँदै आएको उनले बताए।

यो आर्थिक वर्षमा प्रदेश सरकारले तलब भत्ताका लागि रु २१ लाख बजेट मात्र  स्वास्थ्य सेवा कार्यालयको खातामा पठाएको छ। त्यो पैसाले सबैलाई तलब भत्ता नपुग्ने भएकाले कसरी करारका स्वास्थ्यकर्मी राख्‍ने भन्ने विषयले समस्या बनाएको छ। २१ लाखबाट करारका सबै स्वास्थ्यकर्मीलाई  तलब अपुग हुने र आजका मितिदेखि करार सम्झौतासमेत सकिएको छ।

करारका कर्मचारीलाई म्याद थपका लागि र तलब भत्ताका लागि रु २६ लाख बजेट माग गरिएको छ तर अहिलेसम्म सो पैसा नआएको पनि प्रमुख शाहीले जानकारी दिए। १० वर्षदेखि काम गर्दै आएका कर्मचारीलाई कसरी हटाउने, नहटाउदा तलब भत्ता दिने बजेट छैन उनले भने।

 करारका सबै स्वास्थ्यकर्मी हटाउँदा काम गर्न नै नसकिने अवस्था रहेको छ। १५ शैय्याको स्वास्थ्य सेवा कार्यालयमा करारकै स्वास्थ्यकर्मीको भरमा चलेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.