|

हेटौंडा : संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदी कारागारमा रहेका २१ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आधा कैद सजाय भोगिसकेका राम्रो आचरण भएका कैदिबन्दीको कैद मिनाह गर्दै आएकी छन्।

सोहीअन्तर्गत आइतबार संविधान दिवसको अवसरमा भीमफेदी कारागारका २१ जना कैदीबन्दीको कैद मिनाह भएको हो।

भीमफेदी कारागारका प्रमुख नारायण पाण्डेका अनुसार कैद मिनाह हुनेमा ९ जना कर्तव्य ज्यान मुद्वाका, ४ जना चोरी मुद्वाका, ५ जना सवारी ज्यान मुद्वाका, २ जना ज्यान मार्ने उद्योगको र एकजना बहुविवाह मुद्वाका कैदी रहेका छन्। ५० प्रतिशत कैद भुक्तानी गरेका तथा असल चालचलन भएको, थोरै कैद समय बाँकी भएकाहरूलाई बाँकी कैद मिनाह गर्न सकिने संविधानमा व्‍यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.