|

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठकले अधिवेशनका बारेमा गरेको निर्णयप्रति नेताहरूले आपत्ती जनाएका छन्।

कांग्रेस केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र गगन थापाले १४ औं महाधिवेशनका सन्दर्भमा पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले गरेको निर्णयप्रति आपत्ति जनाएका हुन्।

शुक्रबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र दशैँअघि हिमाली २१ जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयबारे नेता कोइराला र थापाले  समाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्। कोइरालो वडा अधिवेशन सकिएका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि जिल्ला अधिवेशन गर्नुको कारण माग गरेका छन्।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नुको कारण के हो ?,’ उनको प्रश्न छ, ‘सँगैको जिल्लामा गर्ने र छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?’ उनले अगाडि लेखेका छन्, ‘पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आए छ। महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरूलाई कसले दियो ?’

शुक्रबारको निर्णयले पदाधिकारी र पूर्व पदाधिकारीहरुले नै महाधिवेशन नचाहेको संकेत देखिएको उनको आरोप छ। क्रियाशील सदस्यता विवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान नभएको भनेर उनले प्रश्न गरेका छन्। 

नेता थापाले ट्विटरमा लेखेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने ?’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.