|
फाइल फोटो

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा बुधबार पेसी तोकिएको छ। सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएको हो। 

मन्त्री खड्काको शपथ संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार अदालतमा रिट दायर गरेका थिए। 

नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था गरेको रिटमा उल्लेख गरिएको छ। 

मन्त्री खड्काको शपथ असंवैधानिक भएकाले शपथसम्बन्धी कानुन निर्माण गरेर मात्रै गर्न विपक्षीको नाममा परमादेशको माग गरिएको छ। २०७८ असोज ६ गते खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए। पदभार ग्रहण गरेलगत्तै संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गरेका मन्त्री खड्का आज नेपाल फर्किसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.