|

विराटनगर : प्रदेश १ का  तिन छुट्टाछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। 

तेह्रथुमको लालीगुराँस नगरपालिका–४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका(५ का २२ वर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको साथै सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका(५ का १६ वर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

यसैगरी सुनसरीको दुहबी नगरपालिका–१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दुहबी नगरपालिका–११ का ४५ वर्षीय ईश्वरचन माझी (चौधरी) लाई उपचारको लागि टिचिङ अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

यस्तै दुहबी नगरपालिका–८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री बेलवारी नगरपालिका–५ का ७२ वर्षीय पवनलाल चौधरीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागी बिराट मेडिकल कलेज पठाईएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

सवारी दुर्घटना सम्बन्धी भएका उक्त घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.