|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रालय मात्रै पाउने भएकाे छ। जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको हाे।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले चार मन्त्रालय मात्रै पाउने जानकारी गराएकाे नेता राजकिशोर यादवले जानकारी दिए। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएकाे उनले बताए।

बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई नै दिएको यादवले बताए। जसपाबाट महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, मृगेन्द्र सिंह, प्रमोद साहलगायत मन्त्री बन्ने चर्चा छ। यस्तै जसपालाई उपसभामुख पनि दिने सहमति भएकाे एक नेताले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.