|

काठमाडौं : नेपाली सेनाले दशैँ बिदामा जाने सैनिक र तिनको परिवारलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ। 

गत सोमबारदेखि (१८) गते विजयादशमीको भोलिपल्ट एकादशी (३० गते) सम्म  सेनाले बिदा जाने बहालवाला सैनिक र तिनको परिवारलाई घरसम्म पुर्‍याउने व्यवस्था गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ।

सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा सवारी साधनबाट र सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडीरहिमाली क्षेत्रहरुमा हवाई उडानबाट गन्तव्यमा पुर्याइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।

हालसम्म सवारीसाधनबाट ५२० जना सैनिक र उनीहरुको परिवार घर पुगिसकेका छन्। यस्तै हवाई उडानमार्फत ८६ जनालाई पुयाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.