|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले तीन पदाधिकारी मनोनयन गरेको छ। बिहीबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले तीन पदाधिकारी मनोनय गरेपछि पदाधिकारी संख्या २१ पुगेको छ।

बैठकले हाल सचिव रहेका जगन्नाथ खतिवडालाई उपमहासचिव बनाएको छ। यसअघि तीन उपमहासचिव रहेकामा अब चार महासचिव हुने छन्। सचिवहरूमा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

यसअघि चार सचिव रहेकामा अब सात रहने छन्। बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने र यसका लागि कानुनी प्रक्रिया मिलाउने निर्णय गरेको खतिवडाले जानकारी दिए।

बैठकले ३०१ केन्द्रीय सदस्यको नाम टुंग्याएको र केन्द्रीय सचिवालयले त्यसमा भोलि थप गृहकार्य गरेर पर्सि नाम सार्वजनिक गर्ने जनाएको छ।

बैठकले केन्द्रीय आयोगमा ३५ सदस्य हुने, स्थानीय कमिटीमा ६ पदाधिकारी रहने, जिल्ला कमिटीमा आधारभूत संख्या १०१ हुने र प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट ५ जना जिल्ला कमिटीमा रहने पनि निर्णय गरेको छ।

यस्तै बैठकले पोलिटब्युरो चाँडै गठन गर्ने पनि निर्णय गरेको छ। बिजय गुरुङको संयोजकत्वमा सम्पर्क समन्वय कमिटी गठन पनि भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.