|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसद्‌बाट फिर्ता गरेर सरकारले उल्टो काम गरेको प्रतिक्रिया दिएका हुन्। 

शुक्रबार संसद् बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयकहरू फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिए। 

उनले भने, ‘लामो समय समितिमा छलफल गरेर विधेयक ल्याइएको हो। निजामती विधेयकबारे कति समय समितिमा छलफल भयो। त्यत्रो समय लिई दबाब दिएर चाँडो ल्याऊ, चाँडो पास गर भनी राखेको यो विधेयक हो। बल्लबल्ल संसद्‌मा प्रवेश गर्‍यो। संसद्‌मा त्यतिन्जेल रह्यो। अब अहिले आएर त्यसलाई फिर्ता लैजाने भनेर सरकारले फिर्ता लिने काम गर्‍यो। यो उल्टो काम भयो।’

सरकारले आफूहरूका कारणले कुनै पनि विधेयक नरोकेको पनि स्मरण गराए। सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको उनको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.