|

एजेन्सी : जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि संसद्‍को तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन्। जापानी अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन्।

जापानी अधिकारीहरूले बिहीबार बसेको संसद्‍ बैठकलगत्तै संसद विघटन भएको बताएका हुन्। यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ।

प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ। त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ।

सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। त्यसलगत्तै उनले अर्को आमनिर्वाचनको तयारी थालेका थिए।

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ मा नै उनले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए।

प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका छन्।

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गरेका छन्।

उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरूसँग आग्रह पनि गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.