|

काठमाडौं :राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २३ सम्म काठमाडौमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपालको पुनर्निर्माणसम्बन्धी जानकारी दिनका लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजन गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ। 

०७२ को भूकम्पले नेपालका  संरचना ध्वस्त भए। जसको ६ वर्षमा अधिकांश संरचना निर्माण गरी सकेको प्राधिकरणको भनाइ छ। भूकम्पपछिको पुनर्निर्माणमा प्राधिकरणले अवसर,चुनौती र अनुभव  आदानप्रदान गर्नका लागि सम्मेलन सञ्चालन गर्न लागेको प्राधिकरणले जनाएको छ। भूकम्पपछिको पुनर्निर्माण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतका लागि चासोको विषय भएको प्राधिकरणको भनाइ छ।  

सबैको साथ  र सहयोगले भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा  सफलता प्राप्त भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए। सय अवधिमा प्राप्त अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बाँड्नका लागि सम्मेलनको आयोजना गरेको उनको भनाइ छ।

सम्मेलनमा निजी आवास पुनर्निर्माण,सांस्कृतिक सम्पदा,सार्वजनिक पूर्वाधारलगायत विभिन्न पक्षमा अनुसन्धानात्मक प्रस्तुति साथै गोष्ठी कार्यक्रम रहेको छ। 

सो सम्मेलनमा अमेरिका,चिन,भारत,बेलायत लगायतका देशबाट पाहुना विज्ञलाई निमन्त्रण गरिएको प्राधिकरणले जनाएको छ। १० असार २०७२ मा पुनर्निर्माणका लागि सहयोग जुटाउनका लागि अन्तराष्ट्रिय सम्मेलन गरिएको थियो।  सो सम्मेलनमा ४ खर्ब १० अर्ब विदेशी सहयोगको प्रतिबद्धता गरिएको थियो। जसमा ३ खर्ब २१ अर्ब प्राप्त भएको थियो।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.