|

काठमाडौं : मुक्तिनाथ यात्रामा निस्किएका चार जर्मन नागरिकसहित ६ जनालाई डोल्पाको याकखर्कबाट उद्धार गरिएको छ।

असोज १७ गते  दुनैबाट पदमार्ग हुँदै मुस्ताङको मुक्तिनाथ जान हिँडेका चार जर्मन नागरिक र दुई जना नेपाली गाइडको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

डोल्पाको याकखर्क पुगेर अलपत्र परेको जानकारी पाएपछि मुस्ताङ प्रहरीले उनीहरूको उद्धार गरेको हो।

सोलुखुम्बुका जाङ्बु शेर्पा र दावा शेर्पासहित कार्तिक ४ देखि सम्पर्कमा नरहेका पर्यटकहरु आज बिहान याकखर्कमा रहेको भन्ने जानकारीका आधारमा हेलिकोप्टरबाट उद्धार गरी जोमसोम ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

हिउँले औंलामा केही समस्या भए पनि उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.