|

दक्षिण अफ्रिकाले सुपर-१२ को खेलमा इंग्ल्यान्डलाई १० रनले पराजित गरेको छ। जितका बाबजुत पनि दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरियो।

टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेट गुमाएर १८९ रन बनाएको थियो। रसि भान डेर डुसेनले सर्वाधकि ९४ रनको अविजित इनिङ खेले। त्यस्तै‚ एडन माक्रमले २५ बलमा ५२ रनको नटआउट इनिङ खेले। ओपनर क्विन्टन डिककले ३४ रन बनाए।

जवाफमा इंग्ल्यान्ड ८ विकेटको क्षतिमा १७९ रन बनाउन सक्यो। जारी प्रतियोगितामा इंग्ल्यान्डको यो पहिलो हार हो। दक्षिण अफ्रिकाले टी-२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डसँग लगातार ५ हारपछि पहिलो जित निकाल्यो। इंग्ल्यान्ड टी-२० विश्वकपमा लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्न सफल रह्यो।

अन्तिम ओभरमा रबाडाको ह्याट्रिक

अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि १४ रन आवश्यक रहेको थियो। जहाँ कागिसो रबाडाले इंग्ल्यान्डलाई जितबाट बिमुखमात्रै गरेनन्। ह्याट्रिक विकेट समेत लिए। उनले पहिलो बलमा क्रिस वोक्सलाई ७ रनको अवस्थामा आउट गरे।

त्यस्तै‚ दोस्रो बलमा क्याप्टेन मोर्गन १७ रन बनाए। भने तेस्रो बलमा क्रिस जोर्डन शून्य रनमा आउट भए। अन्तिम तीन बलमा रबाडाले ३ रन मात्र खर्चिएका थिए। रबाडा टी-२० विश्वकपमा ह्याट्रिक लिने पहिलो दक्षिण अफ्रिकी बलर समेत हुन्।

जारी विश्वकपमा तीन खेलाडीले ह्याट्रिक पूरा गरेका छन्। कर्टिस कुपर, वानिन्दु हसरंङ्गा र रबाडाले यसै विश्वकपमा ह्याट्रिक लिए। त्यसअघि २००७ मा ब्रेट लिले विश्वकपमा ह्याट्रिक लिएका थिए।

अस्ट्रेलियाले मार्‍यो सेमिफाइनलमा बाजी

खेलमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्नका लागि १३१ रनमा इंग्ल्यान्डलाई रोक्नु पर्ने थियो। तर‚ इंग्लिस ब्याट्सम्यानले दक्षिण अफ्रिकाको यो सपना पूरा हुन दिएनन्।

इंग्ल्यान्डले केवले १५.२ ओभरमा १३१ रनको आँकडा पार गर्‍यो। इंग्ल्याडले १३१ रन कटाएसँगै अस्ट्रेलियन समर्थक उत्साही रहे। किनकि‚ अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो।

समूह १ मा इंग्ल्यान्ड समुह विजेताका रुपमा रहँदा अस्ट्रेलिया उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्न सफल रहे। अस्ट्रेलियाले २०१२ पछि सेमिफाइनलमा स्थान बनायो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.