|

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रौतहट नरसंहारका आरोपी तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दाको पेशी तोकेका छन्।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर कानून व्यवसायीले मूल गेटमै धर्ना दिइरहेको अवस्थामा नै जबराले आलमको मुद्दाको पेशी तोकेका हुन्। ​

उनको मुद्दाको पेशी न्यायाधीशहरु दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासको एक नम्बरमा छ। 

विसं २०६४ साल फागुन २७ गते नेपाली कांग्रेसका नेता आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई आलमले इँटाभट्टामा जलाएको अभियोग लागेको थियो। बम विस्फोट घटनाका सम्लग्न दुईजनाको बयानका उनलाई २०७६ साल असोज २६ गते पक्राउ गरिएको थियो। 

यस्तै सोही इजलाशमा सञ्जय कुमार साहको मुद्दाको पेशी पनि दोस्रो नम्बरमा छ। 

सर्वोच्चमा आज  विभिन्न आठ इजलासमा एक सय भन्दा बढी मुद्दाको पेशी तोकिएको छ। जबराले आफ्नो इजलास भने आजका लागि राखेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.