|

विराटनगर :  प्रदेश १ का सत्तारूढ पाँचदलका सांसदहरूको संयुक्त बैठक सुरु भएको छ। विराटनगरस्थित विग होटलमा आज (सोमबार) पाँचदलको संयुक्त बैठक सुरु भएको हो।

मंगलबार बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा  सबै सांसद भेला गरेर विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने जनाएका छन्।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेका थियो। भने मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार  प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

प्रदेशको पाँचदलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्।

मुख्य विपक्षी  एमालेसँग  ४१ सांसद छन्। एकजना सभामुख र एकजना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ। त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.