|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिष्पर्धा हुनेछ। 

खेल साँझ पौने ५ बजे सुरु हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ। बी डिभिजन लिगको उपाधि जित्दै यसै वर्ष ए डिभिजनमा बढुवा भएको सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो। 

सातदोबाटो मेघराज केसीको प्रशिक्षणमा मैदानमा उत्रनेछ। लामो समयदेखि शीर्ष लिग खेल्दै आएको फ्रेन्ड्सले अहिलेसम्म उपाधि भने जितेको छैन। फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र प्रसाद मिश्रले सातदोबाटोविरुद्धको खेल कठिन हुने प्रतिक्रिया दिएका छन्। कूल ९१ खेल हुने लिगमा ए डिभिजनका १४ क्लबले प्रतिष्पर्धा गर्नेछन्। पुछारमा रहने दुई टिम रेलिगेशनमा पर्दै बी डिभिजनमा घटुवा हुनेछन्। लिग बिजेता टोलीले रु ७५ लाख तथा उप विजेताले रु ५० लाख नगद पुरस्कार पाउने एन्फाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.