|

रुकुम (पूर्व) : रुकुम पश्चिममा एक महिनादेखि बेपत्ता एक युवकको शव फेला परेको छ।

मुसीकोट नगरपालिका–१० गलमपाटीका ३३ वर्षीय रणबहादुर रोकाको शव सोमबार फेला परेको हो।

गत कात्तिक ९ गते घरबाट हराएका उनको शव सोमबार बिहान १० बजे फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार सोही वडाको ग्वाला बस्ने भीरमा सडेको अवस्थामा उनको शव फेला परेको हो।

परिवार तथा आफन्तले उनको खोजी गरिरहेका थिए।

खोजी गरिरहेकै अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।

प्रहरी चौकी झुल्खेतको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.