|

झापा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत झापाका पाँचवटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक परिणामले दुई नेता कृष्ण सिटौता समूह र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माबीच प्रतिष्पर्धा भएको देखाएको छ।

दुवै नेताका समर्थनबाट उम्मेदवारी दिएकाहरूले आ–आफ्नो अडान नछाडेपछि सोमबार निर्वाचन भएको थियो। पाँच वटा निर्वाचन क्षेत्रमध्ये सिटौलाले समर्थन गरेका क्षेत्र नम्बर २, ३, ४ र शर्माले समर्थन गरेका क्षेत्र नम्बर १, ५ का क्षेत्रीय सभापतिका उम्मेदवार विजयी भएका छन्।

क्षेत्र नम्बर २ को सभापतिमा खगेन्द्र मैनाली निर्वाचित भएका छन्। उनले शर्मा समर्थनका मोहन सुब्बा लिम्बूलाई पराजित गरेका हुन्। मैनालीले ३७० मत र लिम्बूले २१६ मत प्राप्त गरेका छन्। सचिवमा चन्द्रप्रसाद चुडाल र रामबाबु धिमाल तथा सहसचिवमा जीवन थापा र नगेन्द्र बस्नेत निर्वाचित भएका छन्।

क्षेत्र नम्बर ३ को सभापतिमा गणेश पोखरेल निर्वाचित भएका छन्। उनले राजेन्द्र घिमिरेलाई पराजित गरेका हुन्। घिमिरे शेरबहादुर देउवा र विश्वप्रकाश शर्मा समर्थक हुन्।  पोखरेलले ५२० मत र घिमिरेले १०८ मत ल्याएका हुन्। पोखरेल तेस्रो पटक क्षेत्रीय सभापति बनेका हुन्। क्षेत्रीय सचिवमा गीताप्रसाद भट्टराई र भूपाल बस्नेत विजयी भएका छन्। सहसचिवमा नारायण दाहाल र प्रकाश राजवंशी निर्विरोध निर्वाचित भएका छन्।  

क्षेत्र नम्बर ४ को सभापतिमा जयनारायण शाह तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। झापा गाउँपालिकाका अध्यक्ष समेत रहेका शाहले ४६४ मत ल्याउँदा १९० मत उनको निकटतम प्रतिद्वन्द्वी नारायणप्रसाद बजगाईँले २७४ मत प्राप्त गरेका छन्। बजगाईंलाई शर्मा समर्थन थियो। क्षेत्रीय सचिवमा रूपनारायण खतिवडा र सुमन काफ्ले निर्वाचित भएका छन्। सहसचिवमा इन्द्रप्रसाद प्रसाईँ र कोषराज गड्तौला निर्वाचित भएका छन्।

क्षेत्र नम्बर १ को सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन्। बुढाथोकीले ४२१ मत र उनको प्रतिद्वन्द्वी गोपाल तामाङले १७५ मत ल्याएका छन्। सचिवमा सुरेन्द्र बुढाथोकी र गुणराज भट्टराई निर्वाचित भएका छन्। सहसचिवमा खगेन्द्र गिरी र दीपक काफ्ले निर्वाचित भएका छन्।

क्षेत्र नम्बर ५ को सभापतिमा ढुण्डिराज भण्डारी पुनः निर्वाचित भएका छन्। भण्डारीले ४४६ मत र सभापतिका अर्का उम्मेदवार रोशनकुमार गौतमले २६३ मत ल्याएका छन्। सचिवमा धर्मानन्द भट्टराई र मुकुन्द उप्रेती निर्वाचित भएका छन्। त्यस्तै सहसचिवमा गोपालराज दाहाल र डिल्ली चापागाईँ निर्वाचित भएका छन्।

क्षेत्रीय अधिवेशन सकिए लगतै जिल्ला धिवेशनमा पनि नेता सिटौला र शर्मा समर्थनका दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन्। सिटौला समर्थनका देउमान थेबे र शर्मा समर्थनका राम कट्टेल सभापतिमा प्यानल बनाएर उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।  थेबे पूर्व उपसभापति हुन भने कट्टेल वर्तमान उपसभापति हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.