|

बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिकाले मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिएको हो। 

गाउँपालिकाले बुधबार सूचना प्रकाशित गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले दुई दिन सार्वजनिक बिदा दिइएको जनाएको छ।  
स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि बिहीबार र शुक्रबार बिदा दिइएको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार ती दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण संघसंस्था, वित्तीय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहनेछन्। 

यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एक दिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.