|

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी  घोषणा गरेका छन्। काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा  अधिवेशन हुँदै छ। उनी डा शेखर कोइराला पक्षधर नेता हुन्। प्रदेश सभापतिमा सोही  समूहबाट गुरुराज घिमिरे पनि दाबेदार छन्।

त्यस्तै, सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला प्यानलबाट सुधीर शिवाकोटी र उद्धव थापाको प्रदेश सभापतिमा उम्मेदवारी पर्ने चर्चा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.