|

चितवन : नेकपा एमालेको महाधिवेशनअन्तर्गत अहिलेको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिमा आफूले चयन गरेका नाम प्रस्ताव गरेका छन्।

अब सचिवालय पदाधिकारीको नाम मात्र उनले प्रस्ताव गर्न बाँकी छ।

निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुने र प्रक्रिया भोलि बिहान हुने भएको छ।

हिजोको हलले दिएको अधिकारअनुसार​ बन्दसत्रमा ​ओलीले नाम पढेका हुन्।

उनले गरेको प्रस्तावमा हलले ताली बजाएर स्वागत गर्‍यो।

तर अझै उनले पदाधिकारीको भने प्रस्ताव गर्न बाकी छ।

यसबीच एमालेको केन्द्रीय निर्वाचन आयोगका डा.विजय सुब्बाले नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम आज राति ११ बजेदेखि प्रारम्भ भएको बताए।

मनोनयन फाराम वितरण गरेपछि निर्वाचन कार्यक्रम सुरु त भयो तर दर्ता भोलि मात्र हुने भएको छ।

मतदान नभए पनि नेतृत्व चयन निर्वाचन प्रक्रियाबाटै हुने छ, आयोगले बनाएको तालिकाअनुसार ।

यसैगरी बन्दसत्रस्थलमा विभिन्न पदका आकांक्षीहरू मनोनयन दर्ता गर्दै छन्।

बन्दसत्रमा भने अध्यक्ष ओलीले प्रस्ताव गरेको नामावलीमा आफ्नो नाम परे कतिपय खुशियाली मनाइरहेका छन् भने नाम नआउनेहरू नामावली च्यातेर फ्याँक्दै गरेको देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.