|

चितवन : नेकपा (एमाले)को नेतृत्व चयन सर्वसम्मत रुपमा गर्न असफल भएपछि निर्वाचन हुँदैछ। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवबाहेक अन्य पदाधिकारीमा निर्वाचन हुँदैछ। 

अध्यक्षमा केपी शर्मा ओलीसहित भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ। ओलीको सर्वसम्मत सूचीमा नअटेपछि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। 

निर्वाचन आचारसंहिता लागू भइसकेका हुनाले महाधिवेशनमा पर्चा पम्प्लेट वितरणमा समेत रोक लगाएको छ। विद्युतीय भोटिङ मेसिनबाट निर्वाचन हुने भएकाले प्रतिनिधिहरू त्यसमा अभ्यास गरिरहेका छन्। 

तस्वीरहरू

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.