|

चितवन : नेकपा (एमाले) अध्यक्षका उम्मेदवार भीम रावलले आफूसहित केही उम्मेदवारलाई भेट नदिनु भनी लेखिकएको पर्चा बाँडिएको भन्दै आपत्ति जनाएका छन्।

केन्द्रीय पदाधिकारी तथा सदस्य चयनका लागि मतदान चलिरहेका बेला मतदान क्षेत्रमा नै रावलसहितका नेताहरूलाई भोट नदिन भनी लेखिएको पर्चा बाँडिएको भन्दै रावलले मंगलबार बिहान ट्विट गरेर आपत्ति जनाएका हुन्। उनले यस्ता काम निर्वाचन आयोगको आचार संहिताविपरीत भएको र यसले पार्टी र लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।

‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु‚’ रावलले लेखेका छन्‚ ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.