|

धनगढी  : नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशनअन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका छ। तर, सर्वसम्मत नेतृत्व चयनको प्रयास हुन थालेपछि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मनोनयन अझै सुरु हुन सकेको छैन।

यस्तै, संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षसँग भागभण्डामा कुरा नमिलेपछि संस्थापन इतरको पौडेल पक्षले उम्मेदवार तय गरेको छ। धनगढीमा पौडेल पक्षका नेताहरूको बैठकले उम्मेदवार टुंगो लगाएको हो।

उक्त पक्षले प्रदेश सभापतिमा कैलालीका पूर्व-जिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने भएको छ। यस्तै, उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको सभापतिका उम्मेदवार मिश्रले जानकारी दिए।

संस्थापन अर्थात् देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गरेका छन्। कांग्रेस सुदूरपश्चिमका नेताले डोटीका वीरबहादुर बलायरलाई पनि सर्वसम्मत सभापति बनाउने कसरत गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.