|
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग रक्षा प्रमुख जनरल विपिन रावत। तस्वीर सौजन्य : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर

भारतका रक्षा प्रमुख विपिन रावत, उनकी पत्नीसहित अन्य ११ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ।

रक्षा प्रमुख जनरल रावतसहित ती सबै जना चढेको सैनिक हेलिकप्टर आज दिउँसो दक्षिण भारतमा दुर्घटनामा परेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा रक्षा प्रमुख रावतको असामयिक मृत्युमा दुःख व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा जनरल रावत एक अद्वितीय सैनिक र साँचो देशभक्त भएको उल्लेख गरेका छन्। 

भारतीय सेनालाई आधुनिकीकरण गरेको र अत्याधुनिक सुरक्षा उपकरणले सुसज्जित बनाउन रावतको महत्वपूर्ण योगदान रहेको पनि प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन्।

रक्षा प्रमुख रावत ६३ वर्षका थिए। उनलाई गत सन् २०१९ को अन्त्यतिर प्रधानमन्त्री मोदीले रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) नियुक्त गरेका थिए।

वायु सेनाले रावतसवार रहेको एमआई-१७भी५ सैनिक हेलिकप्टर आज करिब १२ बजे दिउँसो दक्षिण भारतको कुन्नूरनजिकै दुर्घटनाग्रस्त भएको जनाएको थियो।

हेलिकप्टरको चालकदलका ४ सदस्यको पनि दुर्घटनामा मृत्यु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.