|

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन भृकुटीमण्डपमा भइरहेको छ।  महाधिवेशनको औपचारिक उद्‍घाटन सभापति शेरबहादुर देउवाले केहीबेरपछि गर्ने कार्यक्रम छ।

उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्चमा बनाइएको छ। सभापतिलगायत विभिन्न शीर्ष नेताहरू महाधिवेशनस्थल आइसकेका छन्। उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत आएने बताइएको छ।

कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यकाबाहिरबाट सहभागी नबोलाइए पनि पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागीले मात्र पनि भृकुटीमण्डप खचाखच भरिएको छ। सहभागीहरूलाई हेर्न सजिलोका लागि मञ्चबाहिर ठूला पाँच डिस्प्ले राखिएको छ। सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ। उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.