|

घरेलु टोली पाकिस्तानले वेस्टइन्डिजविरुद्धको तीन खेलको टी-२० सिरिज २-० ले जितेको छ। एक खेल बाँकी हुँदै सिरिज जित्ने क्रममा पाकिस्तानले वेस्टइन्डिजलाई लगातार दोस्रो खेलमा पाखा लगायो।

कराँचीमा  मंगलबार राति भएको दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजलाई ९ रनले हराउँदै पाकिस्तानले लगातार दोस्रो खेलमा जित निकाल्यो। यसअघि पहिलो टी-२० सिरिजपनि पाकिस्तानले सहज रुपमा जित निकाल्दै अग्रता बनाएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो। जवाफमा १७३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज २० ओभरमा अलआउट हुँदै १६३ रन मात्रै जोड्न सक्यो। वेस्ट इण्डिजका लागि ब्राण्डन किङले ६७ रनको अर्धशतकीय इनिङ्स खेले भने रोमारियो शेफर्डले अविजित ३५ रन जोड्दा कप्तान निकोलस पुरनले २६ रन बनाए।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए। यस्तै‚ मोहमद नवाज, मोहमद  वासिम र हरिस राउफले २-२ विकेट लिए।

यस अघि पहिलो ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो। पाकिस्तानका लागि इफ्तिखर अहमेदले ३२ रन जोड्दा हइदर अलीले ३१ रन बनाए। त्यस्तै शादब खानले २८ रनमा अविजित रहँदा फखर जमान १० रनमा आउट भए। वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए।

अन्तिम टी-२० बिहीबार कराँचिमा हुँदैछ। त्यसपछि यी दुई टिमबीच ३ खेलको एकदिवसिय सिरिज खेल्ने कार्यतालिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.