|

काटमाडौं : कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।

गएराति राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।

कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो। सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो।

हैदरावादले दिएको गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो। ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाए पनि त्यसपछि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे। नारायण दोस्रो ओभरमा ६ रन जोड्दै क्याच आउट भए।

गुर्बाज ३२ बलमा ३९ रन जोड्दै एलबीडब्लु आउट भए। उनले ५ चौका र २ छक्का प्रहार गरे। वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा नटआउट रहे।  कप्तान श्रेयस ऐर ६ रनमा नटआउट रहे।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सनराइजर्सले १९ औं ओभरमा अलआउट हुनुअघि १ सय १३ रन जोडेको थियो। टोलीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे।

कमजोर सुरुवात गरेको हैदरावादले सुरुवाती दुई ओभरमा नै ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडलाई गुमायो। पाँचौ ओभरमा राहुल त्रिपाठी ९ रनमा आउट भए। नितिश कुमार रेड्डी १३ रन र एडन मारक्रमले २० रनको योगदान दिए।

कोलकाताका आन्द्रे रसलले ३ विकेट लिँदा हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिए। वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १/१ विकेट हात पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.