|

काठमाडौं : सानेपामा कांग्रेसको पार्टी कार्यालयमा  महामन्त्रीको  मतगणनामा विश्वप्रकाश शर्मा र गगन थापा जितनजिक पुगेका छन्। जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन्।

त्यस्तै, गगन थापा भने सानेपा नजाने भएका छन्। उनी बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड पुगेर त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ।

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भिड लागेको छ।

मतगणना सुरु हुँदासम्म खासै भिड नरहेकामा युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर अग्रता बढाएपछि कार्यकर्ताको भिड बढ्दै गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.