|

काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदमा दुई युवा हस्तीहरू उदाएका छन्। लोकप्रिय मतसहित गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्री पदमा बाजी मारेका छन्। 

महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सञ्चारकर्मीहरूसँग भने, ‘तपाईहरूले महामन्त्री पदमा गगन थापा र मलाई निर्वाचित गरेर पार्टीको देशले एउटा हल र जोडी बाँधेर समस्या समाधान गरून् भनेर जिम्मेवारी दिनुभएको छ। हामी पूरा गछौँ’ 

दुई युवा महामन्त्रीसहित नयाँ टिमले कांग्रेसलाई परिवर्तन गर्ने उनको विश्वास छ। केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो स्थानमा रहँदै विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भए। उनले एक हजार ९ सय ८४ मत ल्याए। उनी सभापतिमा पराजित प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका हुन्।

प्रकाशमान खेमाबाट महामन्त्री बनेका शर्मा ६ पुस ०२७ मा झापामा जन्मिएका हुन्। विद्यालय तहबाटै राजनीतिमा लागेका शर्मा ०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापति बनेका थिए। 

विद्यालय तहमै ०४१ सालमा ९ कक्षामा पढ्दा पहिलो पटक प्रहरी गिरफ्तारीमा परेका शर्मा २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति बनेका थिए। 

०४८ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका शर्मा ०५३ सालमा नेविसंघ महामन्त्री र ०५३ नेविसंघ उपसभापतिकाे जिम्मेवारी समेत सम्हालेका थिए। उनी ०५७ सालमा नेविसंघको केन्द्रीय सभापति समेत भए। 

झापाबाट १२ औं महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका शर्मा १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बने। ०७४ सालमा कांग्रेस प्रवक्ताको जिम्मेवारी पाएका शर्माले प्रवक्ताको अब्बल जिम्मेवारी सम्हाले। उनी ०७० र ७४ काे निर्वाचनमा झापाबाट पराजित भएका थिए। 

पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नजिक रहेपनि १४ औं महाधिवेशनमा प्रकाशमान प्यानलबाट निर्वाचनमा होमिए। कार्यकुशलताका कारण पार्टीको प्रवक्ता पदमा चुनिएका शर्मा अब्बल र प्रखर बक्ताको रुपमा आफूलाई प्रस्तुत गर्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.