|

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट ८ जना सहमहामन्त्री निर्वाचित भएका छन्। 

बिहीबार र शुक्रबार भएको मतगणनाअनुसार समावेशी समूहबाट उनीहरू निर्वाचित भएका हुन्। ८ जनामध्ये ६ जना सभापति शेरबहादुर देउवा समूहका छन् भने २ जना डाक्टर शेखर कोइराला समूहका हुन्। 

नवनिर्वाचित सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय 'डिना' (महिला), किशोरसिंह राठौर (खस आर्य), उमाकान्त चौधरी (थारू), फरमुल्लाह मन्सुर (मुस्लिम), महेन्द्र यादव (मधेशी), भीष्मराज आङ्देम्बे (आदिवासी जनजाति), बद्री पाण्डे (पिछडिएको क्षेत्र) र जीवन परियार (दलित) रहेका छन्।

पाण्डे र परियार कोइराला समूहका हुन् भने बाँकी सबै देउवा समूहका हुन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.