|

हेटौंडा : बागमती प्रदेशमा २ लाख बढी बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ। सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरूद्धको मोर्डना खोप लगाइने भएको हो। यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलब्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान सुरु हुनेछ। यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान सञ्‍चालन गर्नेछन्।

खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न बागमती प्रदेशका सबै स्वास्थ्य इकाइहरूलाई स्पष्ट निर्देशन दिइएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए। उनले खोप सञ्‍चालन हुने जिल्लाका स्वास्थ्य इकाइहरूले स्थानीय तह र विद्यालयहरूसँग समन्वय गरी लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने वातावरण बनाउने बताए।

उनले खोप अभियानलाई प्रभावकारी एवं व्यवस्थित ढंगले सम्पन्न गर्न सबै क्षेत्रको सहकार्य आवश्यक भएकाले आफ्नो क्षेत्रका लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप सुनिश्चित गर्न अपिलसमेत गरेका छन्। खोप कार्यक्रम संघीय सरकारको स्वास्थ्यमन्त्री विरोध खतिवडाले आज हेटौंडास्थित भुटनदेवी माविमा उद्घाटन गर्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.