|

काठमाडौं : अल्का अस्पतालले बाथरोगसम्बन्धी नौ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको हो।

शिविरमा स्वास्थ्य जाँच मात्र नभई स्वास्थ्य सेवा नै निःशुल्क गरिएको अस्पतालले जनाएको छ। अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै १७ वटा भन्दा बढी बाथरोगसम्बन्धी ल्याब जाँच पनि निशुल्क गरिने अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले कोभिडका कारण अस्पतालले सञ्चालन गर्दै आएका विभिन्न शिविरहरु रोकिए पनि अब नियमित सञ्चालन हुने जानकारी दिए।

उनले आजबाट शुरु भएको बाथरोगसम्बन्धी शिविर भने दुई चरणमा गरी ९ दिन सञ्चालन हुने र यो शिविरबाट ग्रामीण जनसमुदायहरु धेरै लाभान्वित हुने बताए।

स्वास्थ्य सिविरमा सिबिसी, इसिआर, युरिकएसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड

एनएफसीलगायतका ल्याब जाँच डाक्टरको सिफारिसमा निःशुल्क गरिने अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले हरेक दिन सय जना बिरामीहरुलाई जाँच गरिने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.