|

विराटनगर : २१  महिने बालिकाको हत्याको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।

गत मंसिरमा मोरङको रंगेली नगरपालिका–२ का युनिशा उराँवलाई हत्या गरी खाडलमा गाडेको आरोपमा ४६ वर्षीय सैनी उराँव र २५ वर्षीय संगीता उराँप पक्राउ परेका हुन्।

उराँव दम्पती मृतकका नातामा फुप र फुपाजु रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बालिकाको हत्या आरोपमा दुवै जनालाई पक्राउ गरी सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दामा थप लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका निमित्त कार्यालय प्रमुख डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

युनिशा २६ मंसिरमा हराएकी थिइन्। हराएको तीन दिनपछि घरदेखि करिब १ सय मिटर टाढा २ फिट गहिरो खाडलमा शव भेटिएको थियो। बालिका हत्या गर्नुको कारण भने खुलिनसकेको डिएसपी श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.