|

डडेल्धुरा : डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अजयमेरु गाउँपालिका–१ का २० वर्षीय सुरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सोमबार साँझ अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित अस्पताल रोडमा सुपप ०१००२ ट ५९८५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा  पार्की गम्भीर घाइते भएका थिए। पार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

ट्रयाक्टर चालक अमरगढी-५ कै ३०वर्षीय महेश ताम्राकार र ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको चन्दले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.