|
फाइल तस्वीर

काठमाडौं : नेपाली कांग्रेसको दलित खुलातर्फ केन्द्रीय सदस्य ५ सिटका लागि भइरहेको मतगणना आज स्थगन गरिएको छ।

अब भोलि (बिहीबार) बिहान गणना गरिने र सबै परिणाम भोलि नै सार्वजनिक हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

३ हजार ५ सय मतको गणना हुँदाको ताजा परिणामअनुसार मानबहादुर नेपाली १ हजार ७ सय १३ मतसहित अगाडि छन्।

यसैगरी प्रकाश स्नेहीले १ हजार ६ सय ७०, नृपबहादुर वडले १ हजार ६ सय ७, हरिशरण नेपालीले १ हजार ५ सय ४१, मैकुलाल बाल्मीकीले १ हजार ३ सय ८१, बुद्धिराम हरिजनले १ हजार ३ सय ४८, डोबाटे विश्वकर्माले १ हजार ३ सय २५ र शिवबहादुर सुनारले १ हजार ३४ मत पाएका छन्।

खसआर्यतर्फ

खसआर्य २ हजार ८ सय मत गणना हुँदा केशव बुढाथोकीले १ हजार २ सय ४१, गोविन्द शाहले १ हजार २ सय १४, भीम पराजुलीले १ हजार १ सय ६२, मधु आचार्यले १ हजार १ सय ५९, श्याम घिमिरेले १ हजार ७६, नारायण कार्कीले १ हजार ६६, गेहेन्द्र गिरीले १ हजार १, विष्णु कार्कीले ९ सय ८१ र हरिबोल भण्डारीले ९ सय ३८ मत पाएका छन्।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.