|

चितवन : चितवनमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा महानगरपालिका–६ अमरबस्ती बस्ने २५ वर्षीय साजन महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साजनकी २२ वर्षीया श्रीमती अम्बिका महतो आफ्नै घर छेउमा घाइते भई लडिरहेको अवस्थामा मंगलबार बिहान आफन्तले देखी उपचारका लागि भरतपुर अस्पताल लगेकोमा मृत्यु भइसकेको भनी चिकित्सकले जानकारी दिएका थिए।

प्रहरीले श्रीमान् साजनलाई हत्याको आशंका गरी नियन्त्रणमा लिएको र अनुसन्धानको क्रममा उनीहरूबीच झगडा भएको, मृतक अम्बिकाको शरीरमा चोट लागेको र आरोपीविरुद्ध जाहेरी परेकाले श्रीमान्‌ले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  नरहरि अधिकारीले जानकारी दिए।

उनका अनुसार अझै पनि शव परीक्षण रिपोर्ट नआएको र थप अनुसन्धानका क्रममा रहेका साजनलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.