|

जाजरकोट : सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ।

अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए।

आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए। वडा नम्बर ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नम्बर १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ। सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नु परेको हो।​

वडा नम्बर ३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको र बाँकी वडा नम्बर १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनुपरेको हो। सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ।

वडा नम्बर २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो। नगरपालिकाको अत्यधिक अप्ठ्यारो भागमध्ये यही पर्दछ। हिमालय क्षेत्र भएकाले यहाँ काम गर्न मुस्किल छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.