|

काठमाडौं : नेकपा माओवादी केन्द्रमा १५ जनाको पदाधिकारी रहने भएको छ। आइतबार बसेको केन्द्रीय कमिटीमा पार्टी पदाधिकारीको संख्या १५ जना पुर्याउने प्रस्ताव भएको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

उनकाे अनुसार अब माओवादीमा एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ। केन्द्रीय सदस्यको २९९ बाट केही थप हुने उनको भनाइ छ। 

केन्द्रीय कमिटीको बैठकमा तीनवटा प्रस्ताव पेश भएपनि छलफल र बहस महाधिवेशनमै हुने उनले बताए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको दस्तावेजमाथि पनि महाधिवेशनमै छलफल हुने बताए।

बैठकले राष्टिय सम्मेलनलाई महाधिवेशन हुने अनुमोदन गर्ने निर्णय सर्वसम्मत अनुमोदन गरेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.