|

काठमाडौं : युवा व्यवसायी तथा समाजसेवी ईश्वर लामाको विशेष पहलमा चन्द्रागिरि नगरपालिकास्थित चुनदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। विद्यालयमा कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) तथा शैक्षिक सामग्री वितरण गरिएको हो।

सरकारी विद्यालयका केही विद्यार्थीको आर्थिक अवस्था नाजुक रहेकाले उक्त सहयोग विद्यार्थीको लागि राहत भएको विद्यालयका प्राधानाध्यापक मेगेन्द्र लामाले बताए। कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह श्रेष्ठले यस्तो सहयोग उदाहरणीय रहेको बताउँदै आगामी दिनमा आफूले पनि विद्यार्थीको लागि विशेष सहयोग लिएर आउने आश्वासन दिइन्।

कार्यक्रममै विशेष घोषणा गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका प्रेबन्ध निर्देशक अभिषेक विक्रम शाहले चुनदेवी माविका कक्षा ६ सम्मका सबै विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि चन्द्रागिरिको केबलकारको टिकट निःशुल्क गरिदिने घोषणा गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर लामाले अझै पनि सरकारी विद्यालयमा विद्यार्थीको अवस्था कमजोर रहेकाले यसलाई सुधार्नु पर्ने बताए। विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गराउनु पर्ने र आवश्यक शैक्षिक सामग्री तथा लत्ताकपडाको उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिए।

सामुदायिक स्तरको विद्यालयलाई उत्कृष्ट बनाउन केही पहल गर्ने भन्दै यस क्षेत्रका समाजसेवी विपिन शाहीले कार्यक्रमको प्रायोजन गरेका हुन्। त्यस्तै, राजु तोलाङे, राजेन्द्र महर्जनलगायतका स्थानीय व्यवसायीले कार्यक्रममा सहयोग गरे।

तस्वीरहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.